प्रभु समूहले पन्ध्र लाखबराबरको चेपाङलाई राहत
काठमाडौँ, २८ वैशाख । वित्तीय कारोबार गर्दै आएको प्रभु समूहले चितवनमा चेपाङ समुदायलाई रु १५ लाखबराबरको त्रिपाललगायत राहत सामग्री वितरण गरेको छ ।
चितवन दारेचोक–७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायले त्रिपाल नपाएको गुनासो आएपछि प्रभु समूहले जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा राहत सामग्री वितरण गरेको समूहकी उपाध्यक्ष कुशुम लामाले जानकारी दिनुभयो ।
उहाँले पहुँच भएकाले धेरै राहत पाएको र पहुँच नभएकाले राहत पाउन नसकेको गुनासो बढेका कारण आफ्नो व्यावसायिक समूहले चितवनको विकटमा बसोबास गर्ने चेपाङ बस्तीमा १५० थान त्रिपाल वितरण गरेको बताउनु भयो ।
चितवनस्थित दारेचोक गाविसका केही वडा अत्यन्तै विकट मानिन्छन् । ती वडामा बसोबास गर्दै आएका चेपाङ समुदायलाई वितरण गरिएको राहतले सहयोग पुग्ने बताइएको छ । सो समूहले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको छ ।
यसैबीच, बुद्ध लाइक इन्टनेसनल एसोसिएसनले धर्मस्थलीका भूकम्पपीडितलाई आइतबार रु २५ लाखको राहत वितरण गरेको छ ।
एसोसिएसनको नेपाल च्याप्टरले २७० सिल्पिङ ब्याग, सोही सङ्ख्यामा म्याट तथा रु २० लाखको टेन्ट उपलब्ध गराएको हो । धर्मस्थली–१, २ र ३ का स्थानीयवासीलाई भूकम्पपछि सुत्न, बस्न समस्या परेपछि श्री कुुमारी सेवा समिति भक्तजन परिवार र तता के पूचःको सहकार्यमा दिइएको हो ।
एसोसिएसनको नेपाल च्याप्टर अध्यक्ष देवकाजी शाक्यले भूकम्पले राष्ट्रिय विपत्ति आएको हुँदा मानवीय सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । समाजसेवी रमेशमान मुनिकारले सरकारले उनीहरुलाई अविलम्ब पुनःस्थापनाको योजना ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया