भूकम्पको पछिल्लो पराकम्पनबाट एकको मृत्यु
इनेप्लिज
२०७२ वैशाख २७ गते १४:०८ मा प्रकाशित
ललितपुर, २७ वैशाख । आज अपराह्न ३.२३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ भूकम्पको पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले बताउनुभयो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा पराकम्पन आएको थाहा पाएपछि दौडने क्रममा लडेर मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।
सो सङ्ख्यासहित ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया