चार दशमलव दुई रिक्टरको भूकम्प

इनेप्लिज २०७२ वैशाख २७ गते १२:५५ मा प्रकाशित

काठमाडौँ, २७ वैशाख । काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज अपराह्न ३ः२३ बजे ४.२ रिक्टर स्केलको पराकम्पन महसुस गरिएको छ ।

काभ्रेपलाञ्चोकको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर पराकम्पन भएकाले काठमाडौँ उपत्यकामा त्यसको धक्का बढी महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज चार रिक्टर स्केलमाथिको चार वटा पराकम्पन महसुस भए । यही वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि हालसम्म ४ रिक्टर माथिका १६० वटा पराकम्पन महसुस भएका छन् ।

प्रतिक्रिया