सवारी दुर्घटनामा एकै परिवारका तीनको मृत्यु

इनेप्लिज २०७२ वैशाख २७ गते ९:१६ मा प्रकाशित

accident-signप्यूठान, २७ वैशाख । प्यूठानमा आज बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बा११च १०५३ नम्बरको मोटरबाट स्वर्गद्वारी दर्शन गरेर फर्कका दाङ लालमटिया–४ का एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

कार दुर्घटना हुँदा स्वर्गद्वारीमा पूजा गरेर फर्कंदै गरेको कार तिराम गाविस–४ थक्लेनीबाट माडी नदीमा खस्दा ८४ वर्षीय कृष्ण गैरे, ७६ वर्षीया तिला गैरे र ४० वर्षीय रुकेश गैरेको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बड्डाँडाका प्रहरी नायब निरीक्षक युवराज पाण्डेले बताउनुभयो ।

दुर्घटनामा परी रुकेश गैरेका छोरी ११ वर्षीया मियाँ गैरे घाइते भएकी छन् । उनको देवीस्थान स्वास्थ्य चौकी उपचार भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया