लाङटाङ हिमपहिरो: छयालीसको मृत्यु

इनेप्लिज २०७२ वैशाख २७ गते ९:१५ मा प्रकाशित

A group of tourists dig their way through heavy snow above 16,000 feet in the Himalayan mountains near Mount Everest Nov. 11, 1995. The early snowfall triggered avalanches and landslides that killed 61 people and trapped throusands of trekkers for days.  (AP Photo/Stacy Standley)रसुवा (धुन्चे), २७ वैशाख । लाङटाङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

जिल्लाको हाकु इलाकामा २३, दलदुङ १२, मैलुङमा पाँच र आधार शिविरमा छ गरी ४६ वटा शव फेला परेका छन् ।

नेपाली सेनाको महावीरगणका अनुसार हाकु इलाकाको शव नुवाकोटको शान्तिबजारमा ल्याएर आफन्तलाई बुझाइने र लाङटाङ क्षेत्रमा फेला परेकाको शव काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिने छ । केही शवको सनाखत हुन सकेको छैन । हिमपहिरोमा परी एक जना विदेशी र एक जना प्रहरीको मृत्यु भएको छ ।

हिमपहिरोमा परेकाहरुको उद्धारमा नारायणदल गण र नेपाल प्रहरी जुटेको छ । लाङटाङ क्षेत्रमा बिहीबार राति पुनः हिमपहिरो गएपछि शुक्रबार र शनिबार उद्धार हुन सकेन ।

प्रतिक्रिया