आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०६:२८
वासिङटन डिसी 19:43

नाबालिका मृत फेला

इनेप्लिज २०७२ वैशाख २७ गते ९:१३ मा प्रकाशित

लहान, २७ वैशाख । सिरहाको लहान नगरपालिका–१ स्थित आफ्नै घरमा खेल्दाखेल्दै गत शुक्रबार साँझ हराएकी तीन वर्षीया नाबालिका आज बिहान मृत अवस्थामा भेटिएकी छन् ।

स्थानीय रामउद्गार यादवकी छोरी प्रिति यादवको शव छिमेकीको पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार नाबालिकाको शव स्थानीय बेचु यादवको पोखरीमा बिहान भेटिएको हो । बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया