विषालु कन्दमूल खाँदा एकै परिवारका चार बिरामी
इनेप्लिज
२०७२ वैशाख २५ गते ७:३२ मा प्रकाशित
रामपुर (पाल्पा), २५ वैशाख । जङ्गली कन्दमूल खाएका एकै घरपरिवारका चारजना बिरामी परेका छन् ।
भ्याकुर भनेर जङ्गली विषालु कन्दमूल खाएका कारण उनीहरू बिरामी भएका हुन् । गरीबी, अशिक्षाले गाँजेको यस बस्तीमा पहिचान नभएको जङ्गली कन्दमूल खाएकै कारण बिरामी परेपछि उनीहरू रामपुर अस्पतालमा भर्ना भएका छन् ।
बिरामी हुनेमा कुमालढिककी ६१ वर्षीया छमकला अधिकारी, ४७ वर्षीय दयाराम अधिकारी, ४५ वर्षीया भगवती अधिकारी र १८ वर्षीय सुनिता अधिकारी रहेका छन् ।
उनीहरू खतरामुक्त रहेको र स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सक अशोक अर्यालले बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया