बैतडीमा जिप दुर्घटना एकको मृत्यु, आठ घाइते

इनेप्लिज २०७२ वैशाख २४ गते १०:५६ मा प्रकाशित

accident-signभीमदत्तनगर, २४ वैशाख । बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

बैतडीको श्रीकोटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको से१ज १८३ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाडौँ गाविस–६ मा दुर्घटना हँुदा कटौजपानी गाविस–९ का ३२ वर्षीया धानादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिप सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । नौ जना सवार जिपको अगाडि टायर पड्किएर अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा जिप चालक भूमेश्वरका उत्तम ऐरी, कटौँजपानी–७ का २६ वर्षीया टेकप्रसाद अवस्थी, श्ररीकोट–७ का २५ का हेमराज अवस्थी, श्रीकोट ७ कै जनक विष्ट, कटौँजपानी–८ का नरेन्द्र जोशी, देउलेक गाविस–२ का लोकेश कार्की, सोही ठाउँका विस्ना कार्की र गौरा कार्की रहेका छन् । घाइते आठै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया