आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०३:१४
वासिङटन डिसी 16:29

नेकपा माओवादीद्धारा भूकम्प प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन

इनेप्लिज २०७२ वैशाख २४ गते १०:४३ मा प्रकाशित

shramdan-ma-maoist-800x449काठमाडौँ, २४ वैशाख । नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प नगएका क्षेत्रका कार्यकर्ता परिचालन गरेकोे छ ।

महासचिव नेत्रविक्रम चन्दले कार्यकर्तालाई जनताको सेवामा खट्न आज निर्देशन दिनुभयो ।

उहाँले आफ्नो पार्टी जनताको सेवा गर्न जिम्मेवार रहेको भन्दै भूकम्प प्रभावित जिल्लामा २०० सङ्ख्यामा कार्यकर्ता पठाउन लागिएको बताउनुभयो ।

महासचिव चन्दले मकवानपुर र ओखलढुङ्गामा पार्टीको स्थानीय तहका नेताले सेवा गर्न लागेकाले तीबाहेक राज्यले सङ्कट घोषणा गरेका १२ जिल्लामा टोली परिचालन गरिने जानकारी दिनुभयो ।

एक जिल्लामा एक केन्द्रीय सदस्यको नेतृत्वमा शुक्रबार बिहान भूकम्प प्रभावित क्षेत्रमा टोली जान लागेको उहाँले बताउनुभयो ।

उहाँले प्रत्येक जिल्लामा १०÷१० जनाको दुई टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर आवश्यक उद्धार, जनचेतना र तत्काल बस्न अस्थायी घरटहरा निर्माण गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया