सुनसरीमा हात्ती आतङ्क

इनेप्लिज २०७२ वैशाख २४ गते ५:४१ मा प्रकाशित

dhurbe-hattiइनरुवा, २४ वैशाख । सुनसरीको श्रीपुर र मधुवन गाविसमा पुनः जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएका जङ्गली हात्तीले गाउँ पसी आतङ्क मच्चाएपछि स्थानीय त्रसित भएका छन् ।

आरक्षबाट निस्केको सातवटाको सङ्ख्यामा रहेको जङ्गली हात्तीले गाउँ पसी बाली र स्थानीयको घरमा क्षति पुर्‍याएका छन् ।

बुधबार राति आरक्षबाट निस्किएका जङ्गली हात्तीले श्रीपुर गाविस–६ का एकदर्जन स्थानीयको बालीमा क्षति पुर्‍याएका हुन् ।

राति हात्ती गाउँ पस्न थालेपछि स्थानीय रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय वीरेन्द्र साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया