गोरखाको दुर्गम बस्तीमा तनहुँवासीको राहत

इनेप्लिज २०७२ वैशाख २४ गते ५:३३ मा प्रकाशित

CDlDa84WIAA11Afतनहुँ, २४ वैशाख । वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाएका र पूर्णरुपमा घर क्षति भएका गोरखाको दुर्गम बस्तीका भूकम्प पीडितलाई तनहुँको भाँदगाउँवासीले राहत प्रदान गरेका छन् ।

दमौलीस्थित व्यासनगरपालिका–१ स्थित निर्मल नगर टोल विकास संस्था आमा समूह र छाव्दी वाराही कन्स्टक्सन प्रा.लि दमौलीको संयुक्त प्रयासमा जिल्लाको आरुचनौटे, आरुअर्वाङ र तान्द्राङ गाविसका भूकम्प पीडितलाई रु तीन लाख ५० हजार बराबरको खाद्य सामग्री प्रदान गरिएका हुन् ।

निर्मल टोल विकास संस्थाका अध्यक्ष अमर भण्डारी र छाव्दी वाराही कन्स्टक्सन सञ्चालक भरत भण्डारीले पीडितलाई राहत हस्तान्तरण गर्नुभयो ।

जिल्लाको तान्द्राङ गाविसका २० घरधुरी र आरुअर्वाङ गाविसका ५० घरधुरीका बासिन्दालाई खाद्य सामग्री वितरण गरेको थियो ।

सरकारी निकाय एवम् कुनै पनि सङ्घसंस्थाको राहत नपाएको स्थानमा अन्य जिल्लाबाट राहत आउँदा खुशी भएको आरुअर्वाङ गाविस निवासी प्रधानाध्यापक डिल्लीराम पनेरुले बताउनुभयो ।

प्रतिक्रिया