सेनाद्वारा ३० जनाको उद्धार
काठमाडौँ, २३ वैशाख । नेपाली सेनाले आज सिन्धुपाल्चोक, सोलुखुम्बु, धादिङ, रसुवा र गोरखा जिल्लाबाट ३० जना भूकम्पपीडित स्वदेशी नागरिक र सोलुखुम्बु जिल्लाबाट एक विदेशी नागरिकलाई हवाई साधनबाट उद्धार गरेको छ ।
त्यसैगरी, रसुवाको धुन्चेबाट पाँच नेपाली, एक मलेसियाली र एक पहिचान नखुलेको शव गरी सात वटा शव हवाई साधनद्वारा काठमाडौँ ल्याइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले आज ठूला उपकरणसहित स्वयम्भू, हनुमानढोका, जैशीदेवल, त्रिपुरेश्वर, शंखमुल, पाटन दरवार क्षेत्र, रातो मछिन्द्रनाथ बुंगमती, भक्तपुर दरवार क्षेत्र, चाँगुनारायण मन्दिर र साँखु इलाकामा तीब्र रुपमा खोज, उद्धार तथा भग्नावशेष हटाउने कार्यमा सक्रियताका साथ परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सेनाले आज पनि उपत्काका ३४ वटा केन्द्रमा १२ वटा पानी ट्याङ्करद्वारा दुई लाख ८२ हजार पाँच सय लिटर खानेपानी वितरण गरेको छ । आजै नेपाली सेनाको हवाई साधनबाट सोलुखुम्बु, सिन्धुपाल्चोक, धादिङ, रसुवा, सोलुखुम्बु र गोरखा जिल्लाका विभिन्न स्थानमा दुई हजार १२ केजी खाद्यान्न तथा १० हजार ६५१ केजी राहत सामग्री पु¥याएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया