जङ्गली हात्तीको आक्रमणबाट दमकमा एक महिलाको मृत्यु

इनेप्लिज २०७२ वैशाख २३ गते १०:०५ मा प्रकाशित

27d20138e95ca5c04d7c73a77a78463fदमक, २३ वैशाख । जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापाको दमकमा एक महिलाको मृत्यु भएको छ ।

दमक–५ दुम्सेकी ४५ वर्षकी धनमाया कार्कीलाई आज बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

घाँस काट्न नजिकैको जङ्गलमा गएकी उनलाई एउटा जङ्गली हात्तीले कुल्चेर मारेको थियो । हात्तीले ती महिलाको ज्यान लिएपछि हात्ती जङ्गलतिर गएको थियो ।

कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सो क्षेत्र इलामको चुरे जङ्गलक्षेत्रमा पर्ने भएकाले त्यहाँ दैनिकजसो हात्तीले उपद्रो मच्चाउँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रिया