बाबियाचौर (म्याग्दी), २३ वैशाख । विनाशकारी भूकम्पले म्याग्दीका १९ वटा सामुदायिक विद्यालयमा क्षति पुर्याएको छ ।
पाँच वटा विद्यालयको भवन पूर्णरुपमा र १४ वटामा सामान्य क्षति पुगेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक टेकप्रसाद पाण्डेले बताउनुभयो । भवन भत्किने र चर्किएकाले पठनपाठन प्रभावित भएको छ ।
विकास प्रावि बाबियाचौर, मङ्गला उच्च मावि बाबियाचौर, जनप्रिय निमावि बरङ्जा, मुसुङडोले निमावि भकिम्लीको कक्षाकोठा र जनविकास मावि मराङको छात्रावास भवन पूर्णरुपमा क्षति भएको छ ।
भूकम्पले भवनको पर्खाल भत्किने र चर्किएकाले कक्षाकोठामा जोखिम मोलेर बस्नुपर्दा शिक्षक, विद्यार्थी र अभिभावक त्रसित बनेका छन् ।
भूकम्प प्रभावित विद्यालयको तथ्याङ्क र क्षतिको विवरण सङ्कलन भइरहेको विद्यालय निरीक्षक पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया