भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै
काठमाडौँ, २३ वैशाख । वैशाख १२ गते गएको विनाशकारी भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ ।
मङ्गलबार चार रेक्टर स्केलभन्दा माथिका तीन भूकम्प गएको थियो भने अहिले बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १४५ वटा भूकम्पको धक्का महसुस गरिएको र क्रमशः भूकम्पको धक्का कम हुँदै गइरहेकोे केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
छ रेक्टर स्केलभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था नभएको र ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनौंसम्म जान सक्ने विज्ञहरुको भनाइ छ ।
केन्द्रका प्रमुख अधिकारीले ठूलो भूकम्प गएपछि स–साना भूकम्प गइरहँदा ठूलो भूकम्प जान नपाउने हुनाले साना भूकम्प गइरहँदा राम्रो हुने र यसले कुनै असर नगर्ने बताउनुभयो ।
भूकम्पको धक्का कम हुँदै जाँदा उपत्यकाको जनजीवन पनि सामान्य बन्दै गएको छ । इन्जिनियरको सल्लाहमा बस्न मिल्ने घरमा सर्वसाधारण बस्न थालेका छन् भने बस्न नमिल्ने घरमा वैकल्पिक व्यवस्थाको खोजीमा लागेका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया