विपत्मा आवश्यक सहयोग गर्न अमेरिका तयार

इनेप्लिज २०७२ वैशाख २२ गते १४:५४ मा प्रकाशित

काठमाडौँ, २२ वैशाख । नेपालको विपत्का स्थितिमा आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको छ ।

भूकम्पपीडितको खोज, उद्धार, राहत र पुनःस्थापनासम्बन्धी कार्य र पछिल्लो स्थितिका सम्बन्धमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग यहाँस्थित अमेरिकी राजदूत पिटर डब्लु बोडीले ओली निवास बालकोट (भक्तपुर) मा भेटवार्ता गर्दै खोज, उद्धार, राहत प्रभावकारी बनोस् भन्ने कामना गर्नुभयो ।

नेता ओलीका सहयोगी राजेश वज्राचार्यका अनुसार उहाँले सरकार र दलहरूले विपत् व्यवस्थापनका लागि चालेका कदमबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया