बन्दुक पड्किँदा भाइको मृत्यु, दाइ गम्भीर घाइते
इनेप्लिज
२०७२ वैशाख २२ गते ११:१२ मा प्रकाशित
अर्घाखाँची, २२ वैशाख । अर्घाखाँचीको सिमलपानी गाविसमा बेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सिमलपानी गाविस वडा नं १ विक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको बेवारिसे भरुवा बन्दुक पड्किँदा स्थानीय बालक सात वर्षीय जीवन घर्ती मगरको ज्यान गएको र जीवनका दाजु शेरबहादुर घर्ती मगर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, ठाडाले बताएको छ ।
घर नजिकै मानिस नबस्ने यमबहादुर परियारको घरमा भरुवा बन्दुक देखेपछि पड्काउन खोज्दा जीवनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो । भरुवा बन्दुक कसले केका लागि राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाको भनाइ छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया