वीरगन्जमा तीन करोड पचास लाखको राहत सामग्री जुट्यो

इनेप्लिज २०७२ वैशाख २२ गते ५:०५ मा प्रकाशित

cfed44129557419aacc43bb1698b938d_Lवीरगन्ज, २२ वैशाख । जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समिति पर्साको समन्वयमा र वीरगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा भूकम्पपीडितका लागि रु तीन करोड ५० लाखभन्दा बढीको राहत सामग्री जुटेको छ ।

स्थानीय विभिन्न गैरसरकारी सामाजिक सङ्घसंस्थाको सक्रियतामा वैशाख १४ देखि २० गतेसम्म सङ्कलन गरिएको उक्त मूल्यबराबरको ५२ ट्रक राहत सामग्री भूकम्पबाट प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा, लमजुङ, काभ्रे, नुवाकोट र काठमाडौं उपत्यकाका भूकम्पपीडितका लागि पठाइएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले राससलाई बताउनुभयो ।

उहाँका अनुसार भूकम्पपीडितका लागि पठाइएका राहत सामग्रीमा त्रिपाल, कम्बल, ओछ्याउने मेट्रेस, खाद्यन्न सामग्री र पानी रहेका छन् ।

त्यस्तै भारतका विभिन्न स्थानबाट यो नाका हु“दै हालसम्म राहत सामग्री बोकेका ६७ वटा ट्रक भूकम्प प्रभावित क्षेत्रमा पठाइएको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ ।

यसैगरी वीरगन्जस्थित लायन्स र लियो क्लबले पनि भूकम्पपीडितका लागि हालसम्म करिब २५ लाख मूल्यबराबरका राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाइएको लायन्स क्लब ३२५ बी २ का जिल्ला अध्यक्ष उमेश साह कानुले बताउनुभयो ।

विभिन्न राजनीतिक दलले पनि भूकम्पपीडितको सहयोगार्थ राहत सामग्री सङ्कलन गरी भूकम्प प्रभावित क्षेत्रमा पठाएको नेपाली का“ग्रेसका जिल्ला सभापति एवम् सभासद् सुरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

त्यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पर्साले मकवानपुर शिखरपुर गाविसका भूकम्पबाट प्रभावित १२० घरपरिवारलाई त्रिपाल, कम्बल र खाद्यान्नसहितका सामग्री वितरण गरेको छ ।

प्याब्सन पर्सासँग आबद्ध विद्यालयले विद्यालय कोषबाट सङ्कलन गरिएको रकमबाट उक्त राहत सामग्री वितरण गरिएको प्याब्सन पर्साले जनाएको छ । वितरण गरिएका राहत सामग्रीमा त्रिपाल र कम्बल ४०÷४० थान, ओछ्याउने थर्माकोल ४० थान, चाउचाउ ४० कार्टुन, चिउरा पाँच क्विन्टल, भुजिया ४० प्याकेट, मिठा २० किलो, नमक दुई बोरा र टर्चलाइट ४० थान रहेको प्याब्सन पर्साका सल्लाहकार एवम् प्याब्सनका पूर्वकेन्द्रीय सदस्य अर्जुनशम्शेर जबराले जानकारी दिनुभयो ।

प्रतिक्रिया