सिन्धुपाल्चोकको सात गाविसमा मृतकको सङ्ख्या पाँच सय छयालीस पुग्यो

इनेप्लिज २०७२ वैशाख २२ गते ३:५७ मा प्रकाशित

kमेलम्ची, २२ वैशाख । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ मा सात गाविसमा मृतकको सङ्ख्या ५४६ पुगेको छ भने हजारौँ घाइते भएका छन् ।

वाडेगाउँ–८ को एक घरमा एउटा लास पुरिएको र त्यसलाई निकाल्न अझै प्रयत्न जारी राखिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले बताउनुभयो ।

हालसम्म घर भत्किएर पुरिएका ठाउँबाट छजनालाई सकुशल उद्धार गरिएको जानकारी उहाँले दिनुभयो ।

नेपाल सरकारद्वारा प्राप्त राहत नवलपुर र कुन्चोक गाविसबाहेक अन्त पु¥याउन नपुगेको तर अन्य सङ्घसंस्थाद्वारा प्राप्त राहत सातै गाविसमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । भारतको पश्चिम बङ्गालस्थित सिक्किममा बसोबास गर्ने नेपाली भाषी भारतीयले मालवाहक ट्रकमा पाँच ट्रक कम्बल, राडी, चामल, चाउचाउ तथा अन्य खाद्यपदार्थ र लत्ताकपडा वितरण गरिएको प्रनि अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया