निजीस्तर र गैरसरकारी निकायबाट भूकम्पपीडितलाई राहत

इनेप्लिज २०७२ वैशाख २२ गते ३:४५ मा प्रकाशित

Rss_Images_1430723206265_ND-Chitwa- rahat bitaranगजुरी (धादिङ), २२ वैशाख । विनाशकारी भूकम्पपीडितलाई सरकारी तवरबाट सबै घरमा राहत सेवा पुर्‍याउन नसकेको अवस्थामा निजी स्तरबाट र गैरसरकारी निकायले गाउँगाउँमा राहत सामग्री पुर्‍याउन थालेका छन् ।

दक्षिणी धादिङको कल्लेरी–१, २ र ३ नं वडामा बसोबास गर्ने सबै पीडितलाई सोही गाउँ निवासी नन्दप्रसाद नेपालले एक हजार पीडितका लागि २५ हजार किलोग्राम चामल, दुई हजार किलोग्राम दाल, दुई हजार किलोग्राम चिनी, एक हजार किलोग्राम नुन र एक हजार किलोग्राम तेल वितरण गर्नुभएको हो ।

यसैगरी हेफ इन्टरनेसनलले उत्तरको मूलपानी गाविसका ८०० परिवारलाई त्रिपाल, कम्बललगायत गैरखाद्यान्न सामग्री वितरण गरेको छ । इम्प्याक्ट नेपालले धुवाकोट गाविसमा त्रिपाल, चामललगायत सामग्री वितरण गरेको छ । धुवाकोटमा करिब एक हजार घर रहेका छन् ।

सरकारका तर्फबाट जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लाको ४६ गाविस र एक नगरपालिकामा आठ हजार ४५९ त्रिपाल, सात हजार ४२७ बोरा चिउरा, चार हजार २०१ बोरा चिउरा, चार हजार ८४४ कार्टुन विस्कुट, पाँच हजार ७५९ कार्टुन चाउचाउ, नुन १२१ बोरा, चिनी १५५ बोरा, म्याट ७३५ थान र एक हजार ८१५ थान वितरण गरेको जनाएको छ ।

यसबाहेक पनि निजी स्तरबाट गाउँगाउँमा सामग्री पठाएर राहत वितरण भइरहेको छ । जिल्लामा राहत वितरणको अवस्था सहज बन्दै गएको र यसलाई सबै नागरिकको पहुँचमा पुर्‍याएको प्रजिअ वासुदेव घिमिरेले बताउनुभयो ।
यसै क्रममा भूकम्पपीडितका लागि वितरण भइरहेको राहत र उद्धारका सम्बन्धमा जानकारी लिनका लागि राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको नेतृत्वमा रहेको एक टोलीले विभिन्न स्थानको अनुगमन निरीक्षण गरेको छ ।

प्रतिक्रिया