भूकम्पको धक्का कम हुँदै

इनेप्लिज २०७२ वैशाख २२ गते ३:४० मा प्रकाशित

11218697_1392599177733405_5397981723085161125_nकाठमाडौँ, २२ वैशाख । गत शनिबारदेखि गएको विनाशकारी भूकम्पको धक्का बिस्तारै कम हुँदै गइरहेको छ ।

आज बिहान ६ः४९ मिनेट जाँदा नुवाकोट र धादिङ केन्द्र भई ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोमबार चार रेक्टर स्केलभन्दा माथिका नौवटा भूकम्प गएको थियो ।

यससँगै गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १४२ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका धक्का बिस्तारै कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पको धक्का तुलनात्मक रूपमा न्यून हुँदै गएको छ । छ रेक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन । ठूलो रेक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनाँैसम्म जान सक्छ । स–साना भूकम्प गइरहँदा ठूलो भूकम्प जान पाउँदैन ।

प्रतिक्रिया