तनहुँमा करिब तेह्र लाख राहत सङ्कलन

इनेप्लिज २०७२ वैशाख २२ गते ३:३८ मा प्रकाशित

दमौली, २२ वैशाख । तनहुँमा विनाशकारी भूकम्पबाट पीडित भएकालाई राहत उपलब्ध गराउन विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट गरी करिब रु १३ लाख सङ्कलन भएको जिविसका सूचना अधिकृत राजेन्द्र कार्कीले बताउनुभयो ।

यसैबीच तनहुँमा भूकम्पबाट पीडित विभिन्न गाविसका परिवारलाई अहिलेसम्म दुई हजार ४३७ थान त्रिपाल वितरण गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त भएका ११ हजार ६५८ घरधुरीका परिवारलाई त्रिपाल वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समिति तनहँुले जनाएको छ । माग अत्यधिक रहेकाले त्रिपाल पु¥याउन नसकिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया