शोक पुस्तिका राखिएको सम्बन्धीे सूचना

इनेप्लिज २०७२ वैशाख २१ गते २३:५८ मा प्रकाशित

Nepali Embassy DC

मिति २०७२/१/१२ का दिन नेपालमा गएको विनासकारी भुकम्पबाट पुग्न गएको असंख्य धनजनको क्षति प्रति समवेदना व्यक्त गर्नका निमित्त निम्न मिति, समय र स्थानमा ३ दिनका लािग शोक पुस्तिका राखिएको छ ।

दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्न र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नका लागि शोक पुस्तिकामा हस्ताक्षर गर्ने व्यवस्था मिलाईएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।

मितिः २०७२ /१/२२, २३ र २४ गते (तदनुसार मे ५, ६ र ७, २०१५)

समयः अपरान्ह २ः०० बजे देखि ५ः०० बजेसम्म

स्थानः Embassy of Nepal
2131 Leroy Place NW, Washington DC 20008

नेपाली राजदूतावास
वासिङ्गटन डि.सी.

प्रतिक्रिया