बहु प्रतिक्षित डाइभर्सिटी भिषा ‘डिभी लोटरी’ २०१६ को नतिजा आज सार्वजनिक हुँदै

इनेप्लिज २०७२ वैशाख २१ गते २२:०६ मा प्रकाशित
US-America-Diversity-Visa-Lotteryबहु प्रतिक्षित डाइभर्सिटी भिषा ‘डिभी लोटरी’ २०१६ को नतिजा आज सार्वजनिक हुँदै
पुरुषोत्तम ढकाल, लसएन्जलस । अमेरिकन सरकारको लोकप्रिय आप्रवाशन कार्यक्रम अन्तर्गत यस बर्षको बहु प्रतिक्षित डाईभर्सिटी भिषा कार्यक्रमको नतिजा नेपाली तिथि अनुसार आज मंगलबार सार्वजनिक हुँदै छ । अमेरिकन सरकारले डिभी लोटरी २०१६ को नतिजा नेपाली तिथि अनुसार आज मंगलबार सार्वजनिक गर्न लागेको हो ।
डाभर्सिटी भिसा प्रोग्राम अन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरु देशका नागरिकहरुले सन् २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको नतिजा नेपाली तिथि अनुसार आज सार्वजनिक गर्न लागेको हो ।
अमेरिकन अध्यागमन तथा आप्रवाशन विभाग (डिभी प्रोग्राम)ले सन् २०१६ मा अमेरिका जान चहानेले भरेको आवेदनको रिजल्ट मंगलबार सार्वजनिक गर्ने जानकारी गराएको छ ।
अमेरिकन अध्यागमन तथा आप्रवाशन विभाग (डिभी प्रोग्राम)ले डिभी भरेकाहरुलाई आफ्नो नतिजा डिभीलोटरी डट स्टेट डट जिओभीमा (www.dvlottery.state.gov) हेर्न आग्रह गरेको छ ।

प्रतिक्रिया