म मेरो सिंगो र सग्लो घर हेरेर कसरी बस्न सक्छु?

इनेप्लिज २०७२ वैशाख २१ गते १०:४५ मा प्रकाशित

sunil

ति काला दिनहरू जस्ले हरेक मिनेट विश्वको नै मुटु हल्लायो ! ति द्रश्यहरू जो टेलिविज़नहरूले देखाए र सवैलाई रूवाए ! अस्त ब्यस्त ति परिवारहरू कोहि च्यापिए, कराए, अनी अस्ताए ! साना ती नानीहरू आमा बाउको आशमा अवशेषमात्रको घर छेउ कुरेर वस्न बाध्य भए ! ति आमा आफ्ना नानीलाई छातीमा लुकाई आफु चै विदा भईन ! ति वाउ आफ्नो सर्वस्व गुमाई टुहुरो झै टोलाएका छन र कल्पना गर्छन अव वॉकी जिवन कसरी विताउ? खाई नखाई तिरेको करले समेत एउटा चाउचाउको पोको दिन सकेन ! पानी र बतासको आलमा खुल्ला आकाश मुनी रहि रातभरि अनेकौं धक्का झेले तर तिनले न त शिर लुकाउने पाल नै पाए न त सान्त्वना दिने आफ्ना प्रतिनिधि नै पाए ! जव दुख र विपतको वेला आफ्नै बाट भरोसा टुट्छ त्यो घाउ एक दिन भरिएला तर घाउको खत भने आजीवन रहनेछ !

विपतको वेला स्यावासीका हकदार छन नेपाल प्रहरी, सैनिक जवान, स्थानीय युवा, पत्रकार, श्वास्थ्यकर्मी तथा दाता समुदाय जो अवोरात्र उद्दार कार्यमा होमिएका छन ! गुनासो केहि छैन ती नेताहरू प्रती किनकी तिनले कहिले पो नेपाली जनताका लागी राजनिती गरे र !

आज सिंगो देश रोएको छ, मेरो मात्र्यूभूमी शोकाकूल छ! म जहॉ छु, जे छु, र जस्ले मलाई चिनाएको छ त्यो नै मेरो मात्र्यूभूमी नेपाल हो ! यस कहाली लाग्दो अबस्थामा म मेरो सिंगो र सग्लो घर हेरेर कसरी वस्न सक्छु जव कि मेरा छिमेकी घरबार विहीन भै हिलो र फोहरमा वस्न बाध्य छन ! केटा केटीहरू भोकले एक पोको चाउचाउ समेत नपाई छटपटाई रहेका छन, म भने कसरी आफ्नो पेट भर्न सक्छु? ति आमा जो वच्चाको लागी पानी माग्दै भौतारिदै कसैको आशमा छीन, म भने कसरी टुलु टुलु हेरेर निरिह वस्न सक्छु?

आफ्नो जन्मभूमि कस्लाई प्यारो लाग्दैन र ? यहि मायॉ र प्यारले आफ्नो सिंगो नेपाली मन र मुटु लिएर म नेपाल जॉदैछु ! म स्वतन्त्र रूपले ति परिवार सामु जॉदैछु जस्ले एउटा पोको चाउचाउ समेत पाउन सकेको छैन ! म त्यो परिवारकोमा जॉदैछु जस्लाई भूकम्प पछी हुन सक्ने सरूवा रोगको संक्रमणवाट बचाउनु छ ! म त्यो परिवारकोमा जॉदैछु जसलाई यो वेदनामा सान्त्वना दिन सकु र तिनको आंशु पुछ्न सकुं !

म ति परिवारलाई आंश्वस्त पार्न चाहान्छु कि तपाई एक्लो हुनु हुन्न, म तपाईकै विदेशिएको एक नेपाली छोरो सात समुन्द्र तरी तपाईको नै सेवामा आएको छु ! म पशुपतिनाथलाई गुनासो गर्न जानेछु र आग्रह गर्नेछु हे प्रभु तिमीले यो के विध्वंस गराएयौ? मलाई मेरो प्यारो मात्र्यूभूमी जस्ता को तस्तै फर्काउ ता कि म तिनको काखमा लडिबडी गर्न पाउं !

प्रतिक्रिया