भूकम्पले लोमान्थाङ दरबार चर्कियो
मुस्ताङ, २१ वैशाख । भूकम्पका कारण मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार चर्किएको छ । दरबारको चारैतर्फका भाग चिरा परेको छ भने वरपरका गुम्बा जीर्ण बनेका छन् ।
दरबारभित्र रहेका छयादेन गुम्बामा बढी क्षति पुगेको छ । करिब १५औँ शताब्दीतिर निर्माण गरिएका दरबार र गुम्बा भत्किने अवस्थामा पुगेपछि तत्काल मर्मत गर्नुपर्ने देखिएको छ ।
सरकारले ऐतिहासिक दरबार र गुम्बाको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा अहिले समस्या आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नरहरि बरालले लोमान्थाङ दरबारसहित गुम्बा र मठमन्दिरमा करोडौँको क्षति पुगेको जानकारी दिनुभयो । भूकम्पका कारण जिल्लामा ३१२ घर तथा भवनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसमा ६० घर तथा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने बाँकीमा आंशिक क्षति पुगेको छ । माटोले निर्माण गरिएका कारण अधिकांश सरकारी कार्यालयको भवन चर्किएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया