धनकुटामा एक हजार तीन सय बढी घरमाक्षति

इनेप्लिज २०७२ वैशाख २० गते १४:२८ मा प्रकाशित

Sindhupalcधनकुटा २० वैशाख । भूकम्पबाट जिल्लाका एक हजार ३०० घरमा क्षति भएको छ । दैवी विपत्तिबाट भएको भौतिक क्षतिको विवरण आउने क्रम पनि जारी छ ।

जिल्लाप्रहरी कार्यालयका अनुसार यहाँका चार सय बढी घर भत्केका छन् भने करिब ९०० घरमा आंशिक क्षति भएको पुगेको जिल्लाका प्रहरी प्रमुख प्रदीपकुमार श्रेष्ठले बताउनुभयो ।

दुई नगरपालिका र २८ गाविस भएको धनकुटाका अर्खौले जितपुर, छ नम्बर बुधबारे, मौनाबुधुक, खोकु, चानुवालगायत गाविसमा बढी क्षति भएको छ । धनकुटा नगरपालिकाका ५० भन्दा बढी घरमा क्षति भएको भन्दै पीडितले सहयोगको याचना गरेका छन् ।

जिल्लाका ६४ विद्यालय र अर्खौले जितपुर, मौनाबुधुकसहित पाँच गाविस, इलाका प्रहरी कार्यालय छिन्ताङ, मुढेवास र हिले प्रहरी चौकी भवनमा क्षति भएको छ ।

प्रतिक्रिया