बिर्तामोड (झापा), २० वैशाख । भूकम्पबाट बिस्थापित २० जना अनाथ बालबालिकाको बी एण्ड सी हस्पिटल बिर्तामोडले आइतबार निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
हाम्रो बाल संरक्षण धरोहर नेपाल धापासी काठमाण्डौबाट बिस्थापित बनेर झापा आइपुगेका ती बालबालिकाको झापा रहुञ्जेल निःशुल्क उपचार गरिने हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताएका छन् । उनीहरुको खाने ब्यवस्था समेत मिलाउने प्रसाईले जानकारी दिए । अनाथ बालबालिकालाई झापाको चाहना समूहले झापाको बिर्तामोड ल्याएको थियोे । प्रभाबित हुने अनाथ बालबालिकामा १२ जना बालिका र ८ जना बालक रहेको संस्थाकी अध्यक्ष बिनिता अर्यालले बताइन् । उनीहरुलाई बिर्तामोडमा रहेको कन्काई स्वीमिङ्गमा राखिएको छ ।
आइतबार चाहाना समूह बिर्तामोडले पत्रकार सम्मेलन गरी भूकम्पबाट अनाथ आश्रम भत्किएर बिस्थापित बनेका बालबालिकालाई झापा ल्याइएको जनाएको छ । समूहले अनाथ बालबालिकाको लागि पत्रकार, उधोग बाणिज्य संघ, जेसीज, रेडक्रस लगायतका संस्थाका प्रतिनिधिसहितको ७ सदस्यीय राहत संकलन समिति बनाउने तयारी गरिएको जनाएको छ । त्यसैगरी कनकाई क्याम्पस बिर्तामोडका संस्थापक जयनारायण ढुङ्गानाले मासिक ५ हजार, खान, बस्ने ब्यवस्था गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया