राहत सामग्री सदरमुकाममै

इनेप्लिज २०७२ वैशाख २० गते ५:०१ मा प्रकाशित

eefadb75bb6980035210bfb5d9707034_Lगजुरी (धादिङ), २० वैशाख । भूकम्पपीडितका लागि वितरण गर्न लाँदै गरिएको राहत सामग्री सदरमुकाममै थन्क्याउन थालिएको छ ।

उत्तरी क्षेत्रस्थित सेमजोङ गाविसका लागि लैजान लागिएको राहत सामग्री सदरमुकामस्थित एक घरमा गोदाम गरेर राखिएको छ । गाउँका लागि भनेर लान लागिएको दोस्रो चरणको राहत सामग्री बाटो अभाव भन्दै थन्क्याइएको बुझिएको छ । पहिलो पटक यसअघि नै राहत सामग्री लगिएकामा दोस्रो पटक भने गाविस सचिवसहितको मिलोमतोमा सदरमुकाममै थक्याएर गाउँ लान लागिएको गाडीलाई फर्काएको छ ।

जिल्लाका गाउँमा अझै पहिलो पटक पनि राहत सामग्री पुग्न सकेको छैन । सत्यदेवी, बसेरी, बुढाथुम, री, लापा, तिप्लिङ, झार्लाङलगायत गाविसमा अझैसम्म पनि प्रारम्भिक चरणको राहत पुग्न सकेको छैन । राहत पु¥याइएका गाविसका गाउँसम्म राहत पुगेको छैन । बसेरी गाविस, सभासद् धनबहादुर घलेको गाविस हो ।

जिल्लामा राहत व्यवस्थापन कार्य सहज बनाइएको र गजुरी, सल्यानटार र धादिङबेसी गरी तीन स्थानमा आजदेखि व्यवस्थित गरिने जिल्ला दैवीप्रकोप उद्धार समितिअन्तर्गत रहेको राहत वितरण समितिका संयोजक एवम् सहायक प्रजिअ तोरण पराजुलीले बताउनुभयो ।

जिल्लामा हालसम्म मृत्यु हुनेको सङ्ख्या ६५५ पुगेको छ । उद्धार गरिएका घाइते ६०० छन् । भत्केका घरको सङ्ख्या करिब ६० हजार रहेको अनुमान गरिएकामा हालसम्म पाँच हजारमा मात्र त्रिपाल गाउँ पु¥याइएको छ । बाँकी घर हालसम्म खुल्ला आकाशमा बस्न बाध्य छन् । जिल्लाको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा भने राहत नपुग्दा गाउँवासी भोकभोकै परेको बसेरीका नारायण कार्कीले बताउनुभयो ।

प्रतिक्रिया