स्वास्थ्योपचार सुरु
धुन्चे (रसुवा), २० वैशाख । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमार्फत आएका १३ विशेषज्ञ स्वास्थ्य टोलीले उपचार सेवा सुरु गरेको छ ।
उहाँहरुलाई औषधिका साथ भारतीय वायु सेनाको विमानले शनिबार नै धुन्चे पुर्याएपछि उपचार सुरु गरिएको हो । यस्तै ग्रामीण क्षेत्रका विपद्स्थलमा यस्तै राहत पुर्याउन र भइरहेको राहत वितरणको अनुगमन सभासद्द्वय छोवाङतेन्जिङ तामाङ र जनार्दन ढकालले गरिरहनुभएको छ । विभिन् क्षेत्रमा स्थलगत निरीक्षण गरी छिटोभन्दा छिटो राहत प्रदान गर्न राहत व्यवस्थापन समितिलाई आग्रह गर्दै उहाँहरुले भइरहेको खोज उद्धार तथा राहत वितरणको प्रशंसासमेत गर्नुभयो ।
अठचालिस शव फेला
लाङटाङमा हराइरहेका स्थानीयवासी र पर्यटकको खोज भइरहेको छ । शनिबारसम्म ४८ शव फेला परे पनि क्षतविक्षत भएकाले पहिचान भने हुन सकेको छैन । नेपाली सेनाको उद्धार टोलीले थप उद्धार गरिरहेको नेपाली सेना नारायण दल गणका गणपति प्रमुख सेनानी लक्ष्मण थापाले जानकारी दिनुभयो ।
राहत वितरणका लागि नेपाल सरकारद्वारा सिम्रिक एअरको एक हेलिकोप्टर रसुवा जिल्लालाई उपलब्ध गराइएका कारण खोज, उद्धार र राहत वितरणमा अत्यन्त सरलता आएको छ । जिल्लाका कुनाकाप्चाका प्रत्येक बस्तीमा पहिलो चरणमा दाल, चामललगायत खाद्य सामग्री पु¥याइसकिएको राहत सङ्कलन, वितरण तथा व्यवस्थापन समितिका अध्यक्ष स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले जानकारी दनिुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया