कलाकारबाट भूकम्पपीडितका लागि रकम सङ्कलन र रक्तदान

इनेप्लिज २०७२ वैशाख २० गते ४:४७ मा प्रकाशित

20-donating-bloodकाठमाडौँ, २० वैशाख । ‘भूकम्पको विपत्मा नेपाली ललितकलाकर्मीको हातेमालो अभियान, २०७२’ को आयोजनामा शनिबार भएको बृहत् कलाकार भेलाले भूकम्पपीडितको राहतका लागि रु ५५ हजार पाँच सय सङ्कलन गरेको छ ।

अभियानले ध्वस्त भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि सबै सचेत हुनुपर्ने बताउँदै सरकार र नागरिक समाजसँग त्यसको पहलका लागि आग्रह गरेको अभियानका संयोजक शान्तकुमार राईले बताउनुभयो । अभियानले भूकम्पबाट घाइते भएकाहरुका लागि आज रक्तदान पनि गर्दैछ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ राईको संयोजकत्वमा ५८ सदस्यीय अभियान गठन गरिएको हो ।

प्रतिक्रिया