एनआरएनले सुरु गर्यो युद्धस्तरमा राहत वितरण, संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा १५ करोड राशिको राहत प्याकेज घोषणा

इनेप्लिज २०७२ वैशाख १९ गते २३:०९ मा प्रकाशित

NRN-Relief-2२० वैशाख । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय परिषद अमेरिका युद्धस्तरमा राहत वितरण कार्यमा जुटेको छ । संघका अध्यक्ष शेष घलेको नेतृत्वमा शनिबार सिन्धुपाल्चोकको भुकम्प अति प्रभावित क्षेत्रमा राहत बितरण गरेको छ । संघका पूर्व अध्यक्ष जिबा लामिछाने विशेष राहत सामग्री सहित आइतबार काठमाडौ पुग्नु भएको छ भने संघका अमेरिका निबर्तमान अध्यक्ष खगेन्द्र जिसी अमेरिकी टोलीको नेतृत्व गर्दै नेपाल तर्फ लाग्नु भएको छ भने संघका अमेरिका अध्यक्ष केशब पौडेल मेडिकल टोलि सहित जाने तयारीमा रहेका छन् । यसै बीच संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा झन्डै १५ करोड राशिको भौतिक विशेष राहत प्याकेज घोषणा गरी फूलकुमारी महतो ट्रष्ट मार्फत उद्धारमा जुट्नु भएको छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोले अति प्रभावित क्षेत्र गोरखा, सिन्धुपाल्चोक र दोलखामा सुरक्षित आवास निर्माण गर्ने तयारी सुरु गर्नु भएको छ । यस अघिनै एनआरएन अमेरिकाले करोड राशिको राहत घोषणा गरी राहत बितरण सुरु गरिसकेको छ । यसैबीच गैरआवासीय नेपाली संघले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामाग्री पठाएको छ ।
संघले शनिवार गोरखा, लमजुङ र काभ्रेका एक एक हजार परिवारलाई पुग्ने सामाग्री पठाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गर्ने गैरआवासीय नेपाली स्वयंसेवकहरुलाई काठमाण्डौबाट बिदाई गर्नुभयो ।
संघले गोर्खामा १ हजार थान पाल, एक हजार कार्टुन चाउचाउ, एक हजार ७ सय केजी चिउरा, २ हजार थान कम्बल र २ हजार ५ सय केजी चामल पठाइएको छ ।
यसैगरी काभ्रेमा ४ सय थान पाल, १ हजार कार्टुन चाउचाउ, १ हजार केजी चिउरा र एक हजार थान कम्बल पठाएको छ ।
यसैगरी लम्जुङमा १ हजार थान पाल, दुई हजार थान कम्बल, एक हजार केजी चिउरा र एक हजार कार्टुन चाउचाउ र २२५ बोरा चामल पठाएको छ ।
ती जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यलयको रोहबर र सिफारिसमा प्रशासनले तोकेका गाउँहरुमा गैरआवासीय नेपाली संघले प्रत्यक्ष रुपमा राहत बितरण गर्ने छ ।
संघले शुक्रबार पहिलोपटक सिन्धुपाल्चोकमा राहत सामाग्री वितरण गरेको थियो । जहाँ एक हजार थान कम्बल, एक हजार थान पाल, एक हजार कार्टुन चाउचाउ र एक हजार किलो चामल बितरण गरिएको थियो ।
गैरआवासीय नेपाली संघले करिव १० हजार परिवारलाई तात्कालिक राहत प्रदान गर्ने र दोस्रो चरणमा क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा केन्द्रीत हुने योजना बनाएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो ।

NRN-Relief

प्रतिक्रिया