तीन बालिका बलात्कार गर्ने प्रहरी पक्राउ

इनेप्लिज २०७२ वैशाख १९ गते १०:३८ मा प्रकाशित

Gang-Rapeकाँकडभिट्टा (झापा), १९ वैशाख । काँकडभिट्टामा तीन बालिकालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका हवल्दारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ ।

पाडाजुँगीस्थित सशस्त्र पाथीभरा गणमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार सन्दीप थपलियालाई मेचीनगर–१० का बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन तिम्सिनाले बताउनुभयो ।

थपलियाले घरमा कोही नभएका बेला ललाइफकाई गरेर उनीहरुलाई बलात्कार गर्ने गरेको प्रनाउ तिम्सिनाको भनाइ छ । अभियुक्त थपलियाले फागुन महिनादेखि नै छिमेकमा रहेका बालिकालाई बलात्कार गर्ने गरेको कुरा अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

पीडित बालिकाको मेची अञ्चल अस्पतालमा जाँच गरिएको प्रहरीले जनाएको छ । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थपलियालाई शुक्रबार पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।

स्थानीयवासी महिला नेत्रीको अगुवाइमा आज काँकडभिट्टामा बलात्कारीलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै विरोध पदयात्रासमेत भएको छ । काँकडभिट्टास्थित हनुमान मन्दिरबाट ‘बाल अधिकारको संरक्षण गर, हत्या हिंसा बन्द गर, बलात्कारीलाई कारबाही गर’ भन्ने नारासहित निस्किएको पदयात्रा बजार परिक्रमा गरी इलाका प्रहरी कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया