पाँचवटा बस राजधानी पठाइयो

इनेप्लिज २०७२ वैशाख १९ गते २:५४ मा प्रकाशित

सप्तरी, १९ वैशाख । गत शनिबार गएको विनाशकारी भूकम्पमा परी काठमाडौंमा फसेका सप्तरीवासीलाई त्यहाँबाट ल्याउनका लागि आज पाँच वटा बस निःशुल्क राजविराजबाट काठमाडौँ पठाएको छ ।

पहिलो चरणमा पाँच वटा बस पठाएर सप्तरीवासीलाई काठमाडाँैबाट राजविराजसम्म ल्याउने निर्णय भएको जानकारी प्रमुख जिल्ला अधिकारीले दिनुभयो ।

सो निःशुल्क बस सञ्चालनको व्यवस्थापनका लागि राजविराज नगरपालिका कार्यकारी प्रमुख विष्णुप्रसाद गुरुगाको संयोजकत्वमा अभासेतु सिंह र भिमसेन चौधरीसहित तीन सदस्यीय समिति गठन गरिएको छ ।

यस्तै शिव इन्टरनेसनल बोर्डिङ स्कुलले निःशुल्क बस सेवा दिइरहेको बताएको छ ।

प्रतिक्रिया