भूकम्पको धक्का महसुस भए पनि असर न्युन
इनेप्लिज
२०७२ वैशाख १९ गते २:५३ मा प्रकाशित
काठमाडौँ, १९ वैशाख । आज बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केल र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कल भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै गत शनिबारदेखि हालसम्म चार रेक्टरभन्दा माथिको १२१ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मकरुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्पको धक्का क्रमशः न्युन हुँदै गएको र छ रेक्टरभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले स–साना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन ।
ठूलो भूकम्प गएका कारण चार रेक्टर स्केलभन्दामुनिका स–साना भूकम्पको धक्का आइरहने भए पनि यसले कुनै क्षति नपुग्ने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया