आँप उत्पादन घट्ने भएपछि किसान चिन्तित
लहान, १८ वैशाख । आँपको मजुरामा मधुवा किरा र हावाहुरीले क्षति पुर्याएपछि सप्तरीमा उत्पादनमा कमी आउने भएको छ ।
बढी उत्पादन हुने वर्ष भए पनि आँप फल्नुभन्दा पहिले नै मजुरामा मधुवा किरा र हावाहुरीले क्षति पुर्याएपछि किसान चिन्तित बनेका हुन् । केही दिनदेखिको हावाहुरीले बोटमा लागेका मजुरामा क्षति पुगेको र बाँकीमा समेत मधुवा किराको प्रकोप बढेपछि चिन्ता थपिएको हो ।
आँप बचाउनका लागि उपाय खोज्न किसान सदरमुकामस्थित कृषि कार्यालय धाउने गरेका छन् । किरा मार्न कुन औषधि कसरी छर्किने भन्ने कुरा थाहा नहुँदा समस्या भएको कल्याणपुर गाविसका किसान मोहम्मद सफिक बताउनुहुन्छ । “यसपालि पातभन्दा बढी मजुरा थियो, किरा लागेर आधा झर्यो” उहाँले भन्नुभयो ।
आँपको पकेट क्षेत्रका रुपमा कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जन्डौल, हरिपुरलगायत रहेका छन् । अघिल्लो वर्ष कुशहा गाविसबाट मात्रै रु ३० लाख मूल्यबराबरको आँप भारत निकासी भएको स्थानीय किसान सुखीलाल चौधरीले बताउनुभयो ।
मधुवा किराले मजुरामा पु¥याएको क्षतिबारे प्राविधिक टोली खटाएर जानकारी लिने काम भइरहेको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत सीताराम मण्डलले बताउनुभयो ।
सप्तरीमा कुल पाँच हजार हेक्टरमा आँप उत्पादन हुँदै आएको छ । यो वर्ष ४४ हजार मेट्रिक टन आँप उत्पादन हुन सक्ने कृषि कार्यालयको अनुमान छ । गत वर्ष पाँच हजार हेक्टर क्षेत्रफलमा २० हजार मेट्रिक टन आँप उत्पादन हुँदा रु चार करोडभन्दा बढीको व्यापार भएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया