भूकम्पले म्याग्दीमा पाँच सय सोह्र घर तथा भवनमा क्षति

इनेप्लिज २०७२ वैशाख १८ गते २:०४ मा प्रकाशित

5JOFzONqबेनी (म्याग्दी), १८ वैशाख । शनिबार र आइतबार आएको शक्तिशाली भूकम्पपीडितले म्याग्दीमा ५१६ वटा घर तथा सार्वजनिक भवनमा क्षति पुर्‍याएको छ ।

बिहीबारसम्म प्राप्त आँकडाअनुसार ४८२ सर्वसाधारणको घरमा क्षति पु¥याएको छ भने जिल्लाका विभिन्न १८ विद्यालय, प्रहरी इकाई ६, मन्दिर ६ र चारवटा सरकारी कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसमध्ये ४२ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ४७४ घर तथा भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पपीडितका कारण म्याग्दीमा ३७ घरधुरीसहित १९१ परिवार विस्थापित भएका छन् भने मानवीय क्षति भने नभएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिकासहित जिल्लाको ३५ गाविसमा गाविस सचिवमार्फत क्षतिको विवरण सङ्कलनको कार्यलाई तीव्र पारेकोे छ । सदरमुकामदेखि अधिकांश गाविस दुर्गममा रहेको हुँदा क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितका कारण विस्थापित चार घरपरिवारलाई तत्कालका लागि पाँच हजारका दरले राहत उपलब्ध गराइएको सहायक प्रजिअ चोखालले बताउनुभयो । गोरखा जिल्लाको वारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पपीडितका कारण विभिन्न जिल्लामा पीडित बनेकालाई सहयोग गर्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले राहत सङ्कलन सुरु गरेको छ ।

हालसम्म समितिको खातामा रु छ लाख १२ हजार ८६६ जम्मा भइसकेको छ । त्यस्तै ओमकुमारी शान्तिकोष, युवासङ्घ, म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियुलगायत विभिन्न सङ्घसंस्थाले राहत सङ्कलन गरी नुवाकोट, गोरखा, धादिङलगायत जिल्लामा पुगेर राहत वितरण सुरु गरिसकेका छन् ।

प्रतिक्रिया