साँखुवासीद्वारा अहिलेसम्म सरकारी राहत नपाएको गुनासो
काठमाडौँ, १७ वैशाख । शनिबार गएको विनाशकारी भूकम्पबाट पीडित शङ्खरापुर नगरपालिकास्थित साँखु बजारका स्थानीयवासीले अहिलेसम्म सरकारका तर्फबाट राहत नपाएको गुनासो गरेका छन् ।
भूकम्प आएको एक हप्ता हुँदासमेत राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको स्थान साँखुमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले केही मात्रामा राहत वितरण गरेता पनि अहिलेसम्म सरकारका तर्फबाट राहत सामग्री त्यहाँ नपुगेको स्थानीयवासीको भनाइ छ ।
स्थानीयवासी पवनलाल श्रेष्ठले भन्नुभयो, ‘विभिन्न सङ्घसंस्थाले केहीमात्रामा त्रिपाल र खानेकुरा वितरण गरेपनि सरकारका तर्फबाट अहिलेसम्म केही पाएका छैनौँ ।”
यसैगरी दिल्ली सिक गुरू नामक गैरसरकारी संस्थाले साँखुका भूकम्प पीडितलाई दश दिनसम्म दुई छाक खाना खुवाउने भएको छ । त्यसैगरी साँखु जेसिसको पहलमा एकसय सोलार बत्ती वितरण गरिएको स्थानीयवासी श्रेष्ठले जानकारी दिनुभयो ।
भूकम्पबाट साँखुमा मात्र ६२ जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिकामा करिब एकसयको मृत्यु भएको छ । त्यसैगरी तीनसयभन्दा बढी घाइते भएका छन् ।
जहरसिंह पौवा, पालुबारी, खुमलटार, सानो गाउँ र घुमारी चोकलगायत क्षेत्रमा करिब ९० प्रतिशत घर क्षतिग्रस्त भएको श्रेष्ठको भनाइ छ । उद्धारमा नेपाली सेना र प्रहरी खटिएका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया