मेलम्ची, १६ वैशाख । सिन्धुपाल्चोक जिल्लाको केही गाविस र वडाहरू अझै पनि सम्पर्कविहीन रहेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भोताङ, बरुवा, खाँसखर्क गाविसको वडा नंं ७, ८ र ९ मा पर्ने जतन गाउँ, इचोक गाविसको सुर्सिङ, पातिङलगायत क्षेत्रको अवस्था पनि अझैसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।
मेलम्चीबाट करिब ४० किलोमिटर टाढा रहेका यी क्षेत्रमा पुग्ने बाटोसमेत अवरुद्ध भएको र भौगोलिक अवस्था पनि विकट रहेकाले पुग्न समस्या भएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया