सुरुङ्गा (झापा), १६ वैशाख । शनिबार गएको विध्वंशकारी भूकम्पबाट पीडित बनेकाहरुको औषधि उपचारका लागि डाक्टरको सात सदस्यीय टोली आज झापाबाट काठमाडौं प्रस्थान गरेको छ ।
शान्ति समाज नेपालको अगुवाइमा मनमोहन मेमोरियल क्षेत्रीय सामुदायिक अस्पताल विर्तामोडको सात सदस्यीय टोली काठमाडौंँ प्रस्थान गरेको अस्पताल सञ्चालक समिति सदस्य ढाँचाराज कडरियाले जानकारी दिनुभयो ।
कडरियाका अनुसार अस्पतालका इमरजेन्सी इन्चार्ज डा. लोकेन्द्र मेचेसहित डा. दीपक पौडेल, डा. दिलीप पौडेल, डा. रामकुमार आचार्य, डा. दीपेन्द्र थापा, डा. विवेक थापा र डा. मन्दिप रिजालको टोली भूकम्प पीडितको औषधि उपचारका लागि आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्र काठमाडाँैं प्रस्थान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापासँग स्वीकृति लिएर समाजले भूकम्प पीडितका लागि औषधि उपचार गर्न काठमाडौँं गएको कृष्ण विमलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया