एनआरएन अमेरिकाले भुकम्प पीडितलाई दुई करोड रुपैयाँ सहयोग गर्ने

इनेप्लिज २०७२ वैशाख १६ गते ११:२४ मा प्रकाशित
 nepal_news1428757200-nrn-logo
 एनआरएन अमेरिकाले दुई करोड नेपाली रुपैया रकम तुरुन्त महाभूकम्पको उद्दार कार्यमा तत्काल खर्च गर्न निकासा गर्ने निर्णय गरेको छ। एनआरएन अमेरिकाले आफ्नो आपत्कालिन कोष, कार्यसमिती, सल्लाहकार, बिभिन्न कमिटीहरु, एनआरएनएका डिआर्सी, आइसिसी सदस्य,नवनिर्बाचित पदाधिकारी र च्याप्टरहरु तथा  ब्यक्ती, संस्था, ब्यापारी, सबैबाट सो रकम जम्मा हुँदै गरेको छ। यसका साथै थुप्रै कर्पोरेटहरुले एनआरएन अमेरिकासँग मिलेर राहत प्रदान गर्ने कुरामा चासो देखाएका छन र जम्मा हुने अनि कुराकानी गर्ने कार्य हुँदै छ ।
राहत प्रतक्ष रुपमा बितरण गरिनेउक्त दुई करोड रकम भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई प्रतक्ष रुपमा फिल्ड्मा नै गएर बितरण गरिने छ। यसबापत एनआरएनले कुनै प्रशासनिक खर्छ जोड्ने छैन ।
पुरै रकम पीडित सम्म पुग्नेछ । अन्य कोही दाता, संघसंस्थाहरुले पनि आफ्नो जम्मा भएको रकम एनआरएन अमेरिकासँग मिलेर आफ्नो तोकिएको क्षेत्रमा पठाउन चाहनु हुन्छ भने निशुल्क रुपमा एनआरएन अमेरिकाले सो कार्य गर्ने छ यसमा रेड्क्रश लगायतका संस्थाले जस्तो कुनै संस्थागत खर्छ जोडीने छैन ।
राहत टोलीहरु तयार
यसैबिच अमेरिकाबाट आज नै बिभिन्न सामाग्री, औषधी लिएर अन्जन श्रेष्ठको टोली नेपाल प्रस्थान  गरेको छ भने भोली डिआर्सी सोनाम लामा, बारीष्ठ उपाध्यक्ष लोक तिवारीको अर्को टोली प्रस्थान गर्दैछ । तेश्रो टोली बर्तमान अध्यक्ष खगेन्द्र क्षेत्रीको प्रस्थान गर्ने तयारीमा छ भने चौथो टोली बिभिन्न डा र नर्शसहितको  लिएर नवनिर्बाचित अध्यक्ष डा केशव पौडेलको टोली तयारी गर्दैछ।
संपर्क र दर्ता
तपाईंहरु कोही अमेरिका देखी, आफ्नै खर्चमा राहत दिन-पुराउन नेपाल जान चाहनु हुन्छ भने तुरुन्त नेपालमा संपर्कको लागि बारीष्ठ उपाध्यक्ष लोक तिवारी तथा कृष्ण पोख्रेल (बर्तमान महासचिब तथा नवनिर्बाचित बारीष्ठ उपाध्यक्ष) सँग संपर्क गर्नुहुन अनुरोध गरिएको छ । यसरी जाने ब्यक्तीहरु सबैको रेकर्ड डिपार्ट्मेन्ट अफ स्टेटमा दर्ता दर्ता गर्नु पर्ने छ।
डोनर लिस्ट दैनिक रुपमा वेब्साइटमा अप्डेट गरिएको छ। थप जानकारीको लागि हेर्दै गर्नुहोस्:http://nrnnccusa.org/

प्रतिक्रिया