विराटनगर, १६ वैशाख । धनकुटामा आज बिहान बस दुर्घटना हुँदा १५ जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको छ ।
धरानबाट भोजपुरतर्फ हिँडेको को१ख २१५७ नम्बरको सो बस भेडेटारमा अनियन्त्रित भई दुर्घटना भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गम्भीर रुपमा घाइते हुनेहरुमा बसका सहचालक भेडेटार–४ का २७ वर्षीय धनबहादुर मगर, उदयपुर कटारीकी ३२ वर्षीया लक्ष्मी राई र भोजपुर कोटका ३३ वर्षीय बुद्ध राई छन् । सबै घाइतेहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया