एक हजार छ सय पुरानो मन्दिर ध्वस्त

इनेप्लिज २०७२ वैशाख १५ गते १२:१८ मा प्रकाशित

timthumb.phpकाठमाडौंँ, १५ वैशाख । शनिबार गएको विनाशकारी भूकम्पबाट ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा रहेको चार नारायण मन्दिर पूरै भत्किएको छ ।

ललितपुर युथ एशोसिएसनका अध्यक्ष सुजित महर्जनका अनुसार सो मन्दिर एक हजार पाँच सय ६४ वर्ष पुरानो हो ।
विसं १६६९ मा स्थापना भएको राजा योगनरेन्द्र मल्लको सालिक, विसं १७५९ मा बनेको हरिशङ्कर मन्दिर तथा विश्वनाथ मन्दिरका पनि भग्नावशेष मात्र बाँकी छन् । सोही स्थानमा अवस्थित विसं ६२७ मा निर्मित सोह्रखुट्टे पाटी भत्किँदा एक विदेशी बालकको घटनास्थलमै मृत्यु भएको छ उनकी आमा घाइते भएकी छन् ।

वर्षौ पुराना सांस्कृतिक सम्पदा भत्किँदा पनि उद्धारका लागि हालसम्म सम्बन्धित निकायबाट कोही आइनपुगेको गुनासो स्थानीयवासीको छ । स्थानीय मङ्गल बजार सुधार समितिलगायत संस्थाको पहलमा दुई शव फेला परेका थिए भने केही घाइतेको उद्धार गरिएको थियो । विश्व सम्पदा क्षेत्रमा पर्ने त्यस क्षेत्रमा दैनिक धेरैको आवतजावत हुने भएकाले भूकम्पको सिकार अन्य धेरै हुन सक्ने जिकिर उद्धारमा खटिएका स्वयम्सेवकको छ । “तर, थप उद्वारका लागि आवश्यक उपकरणको अभावका कारण थप काम हुन सकेको छैन”, एक स्थानीयवासीको गुनासो थियो ।

प्रतिक्रिया