इलामका चिकित्सको टोली राजधानीमा

इनेप्लिज २०७२ वैशाख १५ गते ३:४५ मा प्रकाशित

इलाम, १५ वैशाख । भूकम्पमा परी घाइते भएकाको उपचारका लागि इलाम नगरपालिका–८ सिङफ्रिङमा रहेको डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पतालका चिकित्सकको टोली औषधिसहित सोमबार राति काठमाडौँ प्रस्थान गरेको छ ।

सो अस्पतालका कर्मचारी रवीन रायको नेतृत्वमा स्टाफनर्स, फार्मेसिस, ल्याब टेक्निसियनलगायत आठ जनाको टोलीमा मेडिकल अधिकृत रक्षा पराजुली, फार्मसिस अमृता शिवाकोटी, ल्याव टेक्निसियन रीता न्यौपाने, खगेन्द्र ठकुरी, दिपक ढुङ्गाना, स्टाफनर्स विना लुङ्गेली र सहयोगी नन्दु राई रहेका छन् ।

प्रतिक्रिया