सर्लाही, १५ वैशाख । शनिबार र आइतबार आएको भूकम्पबाट सर्लाहीमा ४३ घर ध्वस्त भएका छन् ।
भूकम्पका कारण ३१४ वटा घरमा क्षति पुगेको र त्यसमध्ये ४३ वटा घर ध्वस्तै भएको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले जानकारी दिनुभयो । हरिवन नगरपलिकाअन्तर्गत अत्रौली, सासापुर र ढुङ्ग्रेखोला घरहरु पूर्ण रुपले क्षतिग्रस्त भएको उहाँको भनाइ छ । भूकम्पले घर ध्वस्त भएपछि पीडितहरु छिमेकीको घरमा शरण लिएर बसेका छन् ।
त्यस्तै भूकम्पले १३ प्रहरी चौकी, दुई सरकारी कार्यालय, चार अर्धसरकारी कार्यालय, १२ विद्यालय भवन र दुई वटा निजी विद्यालयमा क्षति पुगेको छ । भूकम्पबाट हालसम्म एक जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।
प्रतिक्रिया