सिन्धुपाल्चोकको सात गाविसमा मात्रै ४१८ को मृत्यु

इनेप्लिज २०७२ वैशाख १५ गते ३:३३ मा प्रकाशित

मेलम्ची (सिन्धुपाल्चोक), १५ वैशाख । सिन्धुपाल्चोक क्षेत्र नं २ का सात गाविसमा मात्र ४१८ जनाको शव फेला परेका छन् ।

सो क्षेत्रमा अझै सयभन्दा बढी शव निकाल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । सातवटै गाविसका सम्पूर्ण घर ध्वस्त भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया