वाग्मती सफाइको सिको मेचीमा

इनेप्लिज २०७२ वैशाख १० गते ८:५९ मा प्रकाशित

काँकडभिट्टा (झापा), १० वैशाख । वाग्मती सरसफाइ अभियानको सफलताबाट उत्साहित मेचीनगरवासीले आज बिहान काँकडभिट्टामा बृहत् सरसफाइ गरेका छन् ।

मेची उद्योग वाणिज्य सङ्घ र सामुदायिक सेवा सङ्घ झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बजार सरसफाइ गर्न हजारौँ स्थानीयवासीसँग जिल्लाका सरकारी निकायका प्रमुखहरुले पनि हातेमालो गरेका थिए ।

प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी फणीन्द्र दाहाललगायत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका जिल्ला प्रमुख तथा वाग्मती सफाइ अभियानकर्मी पनि सरसफाइ अभियानमा सहभागी भएका थिए । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय डालमियाले बजार सरसफाइका लागि नगरवासीको जागरुकता आवश्यक हुने बताउँदै काँकडभिट्टामा जुटेको सहभागिताले उत्साहित बनाएको छ भन्नुभयो ।

प्रतिक्रिया