राहदानीबाट पौने तीन करोड राजस्व

इनेप्लिज २०७२ वैशाख १० गते ८:५६ मा प्रकाशित

Passport_20100808084425बागलुङ, १० वैशाख । जिल्ला प्रशासन कार्यालयले राहदानी सेवाबाट रु दुई करोड ८२ लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अन्यबाट रु पाँच लाख ७२५ गरी कुल दुई करोड ८८ लाख एक हजार ७२५ सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ । राहदानी दस्तुरबाहेक संस्था दर्ता तथा नवीकरण, हातहतियार दस्तुर, न्यायिक दस्तुर र अन्य प्रशासनिक दस्तुरबाट नियमित राजस्व उठ्ने गरेको छ ।

अघिल्लो वर्षको यही अवधिमा राहदानी सेवाबाट रु दुई करोड ६२ लाख ६५ हजार राजस्व सङ्कलन भएको थियो । राहदानी बनाउने सङ्ख्या बर्सेनि बढ्दै जाँदा राजस्व पनि थपिँदै गएको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताउनुभयो ।

“युवामा विदेशको मोह बढ्दो छ, नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिन्छ” प्रजिअ पौडेलले भन्नुभयो ।

प्रतिक्रिया