सोमबार, कार्तिक १ २०७८
काठमाडौं ०७:२९
वासिङटन डिसी 21:44

मोटरसाइकलको ठक्करबाट मृत्यु

इनेप्लिज २०७२ वैशाख १० गते ८:४१ मा प्रकाशित

भीमदत्तनगर, १० वैशाख । पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–झलारी सडकखण्डको दैजीमा दुई मोटरसाइकल जुध्दा सुडा–९ का ३२ वर्षीय हिक्मत धानुकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार केहीबेरअघि दैजी गाविसको निङ्गलाशैनी मन्दी नजिक सो दुर्घटना भएको हो । म१प ९२०६ नंको मोटरसाइकलमा सवार धानुकलाई विपरीत दिशाबाट आइरहेको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया