अपाङ्ता भएकाको अवरोध मुक्त अभियान

इनेप्लिज २०७२ वैशाख १० गते ३:३७ मा प्रकाशित

apangaकञ्चनपुर, १० वैशाख । सरकारी भौतिक संरचना अपाङ्गतामैत्री बनाइनुपर्ने माग अघि सार्दै स्वावलम्बन आत्मनिर्भर जीवन पद्धति केन्द्रले कञ्चनपुरमा अवरोध मुक्त अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत अपाङ्ता भएका व्यक्तिले ह्विलचेयर र ट्राइसाइकल चढेर सरकारी कार्यालयमा पुगी कार्यालय प्रमुखसँग भौतिक संरचना अपाङ्गमैत्री बनाउन माग गर्दै आएका छन् ।

सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिले सेवा पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएकाले सचेत पार्नका लागि अभियान सञ्चालन गरेकोे केन्द्रका महासचिव कृष्ण गौतमले बताउनुभयो ।

जिल्लाका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा पुगेर भौतिक संरचना अपाङ्गमैत्री बनाउन अनुरोध गरेको उहाँले बताउनुभयो । “सरकारी कार्यालयका कार्यालय प्रमुखहरुले अपाङ्गमैत्री संरचना बनाउन प्रतिबद्धता गर्नुभएको छ” उहाँले भन्नुभयो ।

सरकारले अपाङ्गता भएका व्यक्तिको पहुँचका लागि विसं २०६९ मा पहुँचयुक्त संरचना तथा सञ्चार सेवा निर्देशिका बनाएको भए पनि अधिकांश सरकारी कार्यालयले अपाङ्गमैत्री संरचना बनाएका छैनन् अपाङ्ग महासङ्घका सुदूरपश्चिम कार्यालयका स्रोत व्यक्ति उपेन्द्र खडायतले भन्नुभयो, “कार्यालय प्रमुखहरु माथिल्लो तल्लामा बस्ने गरेकाले अपाङ्गता भएका व्यक्तिले आफ्ना अधिकारका लागि कुरा राख्न सक्ने अवस्था छैन ।”

“अभियानले निर्देशिकाअनुरुप कार्य गर्न दबाब दिनका लागि मद्दत पु¥याउने भएकाले यसबाट अपाङ्गता भएकाको अधिकार सुनिश्चित गर्छ” उहाँले भन्नुभयो ।

प्रतिक्रिया